NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बजेट भाषणको दिन ट्राफिक जरिवाना अनलाइन प्रणाली ठप्प

आगामी आर्थिक वर्षको बजेट आउँदै गर्दा शुक्रबार दिउँसो ३:३० बजेदेखि अनलाइन ट्राफिक जरिवाना भुक्तानी प्रणाली अवरुद्ध हुनेछ। महालेखा नियन्त्रक कार्यालयको प्राविधिक मर्मतसम्भारले गर्दा यो सेवा १४ घण्टासम्म बन्द रहन सक्नेछ।
Rohan Tamang
Rohan Tamang
29 May 2026, 3:02 pm १ मिनेट पढाइ
आकार:
Share:

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण हुने दिन शुक्रबार अपराह्नदेखि ट्राफिक जरिवाना तिर्न प्रयोग गरिने अनलाइन प्रणाली अवरुद्ध हुनेछ। महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा प्राविधिक मर्मत सम्भार गर्नुपर्ने भएकाले यो सेवा बन्द गर्न लागेको हो।

नेपाल प्रहरीका अनुसार, शुक्रबार जेठ १५ गते दिउँसो ३:३० बजेदेखि सेवा अवरुद्ध हुनेछ। मर्मतसम्भारका लागि न्यूनतम ४ घण्टादेखि अधिकतम १४ घण्टासम्म लाग्न सक्ने सूचनामा उल्लेख छ। यस अवधिभर ‘अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणाली’ प्रयोगमा बाधा पुग्नेछ।

यो प्राविधिक समस्याले सरकारी राजस्व दाखिला र विभिन्न भुक्तानीसँग सम्बन्धित अन्य अनलाइन प्रणालीहरू जस्तै आइपीएफएमएस, सुत्र, एफएमआइएस लगायतका प्रणालीहरू पनि प्रभावित हुने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। डाटा सेन्टरको पावर ब्याकअप प्रणाली स्थानान्तरण गर्न लागिएकाले यस्तो समस्या आउन लागेको हो।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार