NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

झापाको रतुवाखोलामा बोराभित्र महिलाको शंकास्पद शव फेला

झापाको दमकमा रतुवाखोलाको पुलमुनि बोरामा पोको पारेको अवस्थामा एक महिलाको शंकास्पद शव फेला परेको छ। शव २-३ दिन पुरानो र कुहिएको अवस्थामा भेटिएको छ। प्रहरीले हत्या गरी शव फालिएको आशंकामा अनुसन्धान सुरु गरेको छ।
Sanjay Karki
Sanjay Karki
30 May 2026, 3:32 pm १ मिनेट पढाइ
आकार:
दमक महिला शव
Share:

झापाको दमक नगरपालिका-१० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनि बोरामा पोको पारेको अवस्थामा एक महिलाको शंकास्पद शव फेला परेको छ। स्थानीयले बिहान ११ बजे खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार शव अन्दाजी ३०-३२ वर्षकी महिलाको छ। उनले रातो भेष्ट र जिन्सको पाइन्ट लगाएकी थिइन्। शव २-३ दिन पुरानो र कुहिएको अवस्थामा भेटिएको छ। सेतो प्लास्टिकको बोरामा पोको पारेर फालिएको शव हत्यापछि फालिएको हुन सक्ने अनुमान छ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमान्डमा विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी सूक्ष्म अनुसन्धान सुरु गरेको छ।

हालसम्म मृतक महिलाको नाम, थर, ठेगाना र सनाखत हुन सकेको छैन। प्रहरीले बायाँ हातमा रहेको ट्याटुले पहिचान खुलाउन सहयोग गर्ने विश्वास लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र बहादुर खड्काले पहिचान खुलाउने प्रयास भइरहेको बताए।

प्रहरीले मृतक महिलालाई चिन्ने कसैलाई पनि नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्बर १००, ९८५२६७०६०९, ९८५२६९००३१ र ९८५२६९०२३२ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार