रातो नम्बर प्लेटका मोटरसाइकलले अब राइड सेयरिङ सेवा दिन नपाउने भएका छन्। सरकारले नयाँ आर्थिक ऐनमार्फत यस्तो व्यवस्था गरेको हो।
यातायात ऐन २०४९ अनुसार, अब दुई पाङ्ग्रे सवारी साधनलाई भाडाको सवारीका रूपमा कालो नम्बर प्लेटमा दर्ता गर्नुपर्नेछ। यसरी दर्ता हुने सवारीले वार्षिक ३ हजार रुपैयाँ आयकर तिर्नुपर्नेछ।
यो नियमले हाल रातो प्लेटमा सेवा दिइरहेका राइड सेयरिङ प्रदायकहरूलाई कालो प्लेटमा दर्ता हुन बाध्य पार्नेछ। थप, सरकारले प्रत्येक राइड सेयरिङ कारोबारमा ५ प्रतिशत कर लगाउने व्यवस्था गरेको छ।
