NM Khabar 9 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त, आजै शपथ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। मंगलबार दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ। छानबिन समितिले सम्पत्ति विवादमा उनलाई सफाइ दिएको छ।
Sanjay Karki
Sanjay Karki
9 June 2026, 11:47 am १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्रीले उनलाई यो जिम्मेवारी दिन लागेको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

मंगलबार (जेठ २६) दिउँसो ३ बजे उनको शपथ कार्यक्रम तय भएको छ। यो जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले दिएको हो।

व्यापारी दीपक भट्टसँगको व्यापारिक साझेदारी विवादमा मुछिएपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए। भट्टको लिबर्टी र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद विषयमा प्रश्न उठेको थियो।

गुरुङले सापटीमा लिएको करिब ५० लाख रुपैयाँले सेयर किनेको दाबी गरेका थिए। उनी २६ दिन गृहमन्त्री रहेका थिए।

मन्त्रिपरिषद्ले वैशाख २८ गते पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने थिए।

समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने थियो। म्याद थपपछि ४५ पृष्ठको प्रतिवेदन बुझाइएको थियो।

प्रतिवेदनले गुरुङको चल-अचल सम्पत्तिलाई ‘वैध’ ठहर्‍याएको छ। सम्पत्ति विवरणका त्रुटि राज्यको प्रणालीगत कमजोरी भएको समितिले निष्कर्ष निकालेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार