NM Khabar 11 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

साउनभित्र ९० हजार मेट्रिक टन मल भित्र्याउने सरकारको तयारी

चालु आर्थिक वर्षको अन्त्यसम्ममा ६ लाख मेट्रिक टन रासायनिक मल उपलब्ध गराइने भएको छ। असार अन्तिमदेखि साउनसम्ममा ९० हजार मेट्रिक टन मल भित्रिने अपेक्षा छ। मल वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
11 June 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
रासायनिक मल आपूर्ति
Share:

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल ६ लाख मेट्रिक टन रासायनिक मल कृषकलाई अनुदानमा उपलब्ध गराइने बताएकी छन् ।

राष्ट्रियसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले हालसम्म ५ लाख ५८ हजार ५२२ मेट्रिक टन मल आपूर्ति भइसकेको र ४ लाख ६८ हजार १६ मेट्रिक टन वितरण गरिसकिएको जानकारी दिइन् । हाल १ लाख ६८ हजार ८०२ मेट्रिक टन मौज्दात छ ।

उनले धान रोपाइँको याममा मल अभाव हुन नदिन आपूर्तिकर्तालाई समयमा मल पठाउन ताकेता गरिएको बताइन् ।

असार अन्तिम सातादेखि साउन महिनासम्ममा ९० हजार मेट्रिक टन मल नेपाल भित्रिने अपेक्षा गरिएको छ । भारतसँग जिटुजी खरिद माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भएसँगै पहिलो चरणमा ३० हजार टन युरिया र २० हजार टन डिएपी खरिद प्रक्रिया सुरु गरिएको छ । उक्त परिमाणको मल साउन महिनादेखि नेपाल भित्रिनेछ ।

मन्त्री चौधरीले मलको सन्तुलित प्रयोग र प्राङ्गारिक तथा जैविक मलको प्रयोगलाई जोड दिन सूचना प्रवाह गरिएको बताइन् ।

अनुदानको मल वितरणलाई व्यवस्थित, पारदर्शी र सहज बनाउन ‘अनुदानको मल वितरण कार्य व्यवस्थापन निर्देशिका २०८२’ को प्रभावकारी कार्यान्वयनका लागि प्रदेश, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको छ ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार