दाङको घोराहीस्थित सभागृहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सालिकराम घिमिरे सभापतिमा निर्वाचित भएका छन्। कुल ५४२ मत खसेको निर्वाचनमा १९९ मत प्राप्त गर्दै उनी विजयी भए।
पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदानको अवस्था सिर्जना भएको थियो। सभापतिका लागि छ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
सबैभन्दा बढी मत ल्याएका सालिकराम घिमिरेका निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले दोस्रो चरणको मतदानअघि सालिकरामलाई समर्थन गरे। गोपालले पहिलो चरणमा ८७ मत पाएका थिए। यस समर्थनले सालिकरामको जित निश्चित गर्यो।
