NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

छिन्नमस्ता गाउँपालिकाबाटै प्यान र कर चुक्ता सेवा सुरु

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवा सुरु गरेको छ। यसबाट व्यवसायिक प्यान, व्यक्तिगत स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र जस्ता सेवाहरू स्थानीय तहमै उपलब्ध हुनेछन्। यसले नागरिकको समय बचत गर्नुका साथै यातायात र अतिरिक्त खर्चमा कमी ल्याउने अपेक्षा गरिएको छ।
Kamala Devi
Kamala Devi
15 June 2026, 4:18 pm १ मिनेट पढाइ
आकार:
छिन्नमस्ता गाउँपालिका कर सेवा
Share:

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवा सञ्चालनमा ल्याएको छ। यसअघि करदाता सेवा कार्यालय राजविराजले प्रदान गर्दै आएका सेवाहरू अब छिन्नमस्ता गाउँपालिकाको कार्यालयबाटै उपलब्ध हुने भएका छन्।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार यो सेवा सुरु भएसँगै गाउँपालिकावासीले करसम्बन्धी कामका लागि सदरमुकाम राजविराज धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। अब गाउँपालिकाबाटै व्यवसायिक प्यान, व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र जस्ता महत्त्वपूर्ण सेवाहरू सहज रूपमा प्राप्त गर्न सकिने उनले बताए।

स्थानीय तहबाटै सेवा प्रवाह हुँदा नागरिकको समय बचत हुनुका साथै यातायात र अन्य अतिरिक्त खर्चमा समेत उल्लेख्य कमी आउने अध्यक्ष चौधरीले जानकारी दिए। ‘स्थानीय सरकारको पहुँचलाई प्रभावकारी र नागरिकमैत्री बनाउँदै जनतालाई छिटो-छरितो सेवा दिने दिशामा यो एउटा महत्त्वपूर्ण उपलब्धि हो,’ उनले भने।

नेपाल सरकारको स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान) वितरण गर्ने र आन्तरिक राजस्व विभागका सेवाहरूलाई स्थानीय तहमार्फत नै प्रवाह गर्ने नीति अनुरूप यो कार्यको सुरुवात गरिएको हो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार