NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवा बाढी: ४०३ पर्यटक सम्पर्कविहीन, १३३ भारतीय नागरिक बेपत्ता

रसुवाको भोटेकोशीमा आएको बाढीले ४०३ पर्यटकलाई सम्पर्कविहीन बनाएको छ। सम्पर्कविहीन हुनेमा ६२ नेपाली र ३४१ विदेशी नागरिक छन्। बेपत्ता हुनेमा सबैभन्दा बढी १३३ भारतीय नागरिक छन्।
Sanjay Karki
Sanjay Karki
26 August 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
रसुवा बाढी पर्यटक
Share:

रसुवाको भोटेकोशीमा आएको बाढीले ४०३ पर्यटकलाई सम्पर्कविहीन बनाएको छ। नेपाल पर्यटन बोर्डका अनुसार ६२ नेपाली र ३४१ विदेशी नागरिक बेपत्ता भएका हुन्।

पर्यटन बोर्डका निमित्त सिइओ हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत यात्रा गरिरहेका पर्यटक सम्पर्कविहीन भएको पुष्टि गरे। बेपत्ता हुनेमा सबैभन्दा बढी भारतीय नागरिक छन्। हालसम्म भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४, मलेसियाका १९, युक्रेनका सात, सिङ्गापुर र दक्षिण अफ्रिकाका छ/छ, न्युजिल्याण्ड र जापानका पाँच/पाँच जना सम्पर्कविहीन भएका छन्। जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायत २५ भन्दा बढी देशका नागरिक पनि बेपत्ता छन्।

बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। रसुवागढी नाका जोड्ने सडक र पुलहरू पनि क्षतिग्रस्त भएका छन्।

सहयोगका लागि पर्यटन बोर्डले टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार