NM Khabar 10 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवा बाढी: पाँच जिल्लाका १६ हजार घरधुरी र ६४ हजार बढी प्रभावित

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ स्थानीय तहका १६ हजार ११० घरधुरी प्रभावित भएका छन्। बाढीबाट कुल ६४ हजार ३३५ जना प्रभावित भएका छन्, जसमा १६ हजार ७६९ पुरुष र १६ हजार १९२ महिला छन्। रसुवामा ७५७० घरधुरी प्रत्यक्ष बाढीबाट प्रभावित भएको छ भने अन्य ८३१७ घरधुरी पनि असरमा परेका छन्।
Kamala Devi
Kamala Devi
10 September 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
रसुवा बाढी प्रभावित
Share:

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको हिमबाढीले पाँच जिल्लाका १५ स्थानीय तहका १६ हजार ११० घरधुरीमा असर पारेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले ६४ हजार ३३५ जनाको जनजीवन प्रभावित बनाएको छ।

प्राधिकरणको प्रतिवेदनले सात हजार ५७० घरधुरी प्रत्यक्ष बाढीबाट प्रभावित भएको र आठ हजार ३१७ घरधुरी अन्य प्रभावित भएको उल्लेख गरेको छ। प्रभावित ६४ हजार ३३५ जनामध्ये १६ हजार ७६९ पुरुष र १६ हजार १९२ महिला छन्।

रसुवाका चार स्थानीय तहका १६ वडा प्रभावित भएका छन्। गोसाइँकुण्ड गाउँपालिकाका पाँच वडामा एक हजार ४४४ घरधुरीका पाँच हजार ७४३ जना प्रभावित भएका छन्। कालिका गाउँपालिकाको एक वडामा ११९ घरधुरीका ४९१ जना, आमाछोदिङ्मो गाउँपालिकाका चार वडामा ७७ घरधुरीका ३१३ जना र उत्तरगया गाउँपालिकाका पाँच वडामा ६९६ घरधुरीका दुई हजार ७१९ जना प्रभावित भएका छन्।

नुवाकोटमा चार स्थानीय तहका २१ वडा बाढीबाट प्रभावित भएका छन्। बेलकोटगढी नगरपालिकाका तीन वडामा एक हजार १२७ घरधुरीका चार हजार ४८३ जना, विदुर नगरपालिकाका ११ वडामा पाँच हजार ९२८ घरधुरीका २३ हजार २३० जना, किस्पाङ गाउँपालिकाको एक वडामा ९३९ घरधुरीका तीन हजार ३८२ जना र तारकेश्वर गाउँपालिकाका दुई वडामा १८५ घरधुरीका ६६५ जना प्रभावित भएका छन्।

धादिङ जिल्लामा चार स्थानीय तहका १९ वडामा बाढीको प्रभाव परेको छ। बेनीघाट रोराङ गाउँपालिकाका पाँच वडामा एक हजार ९०५ घरधुरीका आठ हजार ६८ जना, गजुरी गाउँपालिकाका चार वडामा ३९६ घरधुरीका एक हजार ५८९ जना, गल्छी गाउँपालिकाका पाँच वडामा ८४० घरधुरीका तीन हजार ३६३ जना र सिद्धलेक गाउँपालिकाका चार वडामा ७८१ घरधुरीका तीन हजार १७० जना प्रभावित भएका छन्।

गोरखाका दुई स्थानीय तहका १० वडामा बाढीले क्षति पुर्‍याएको छ। गण्डकी गाउँपालिकाका पाँच वडामा ६१७ घरधुरीका दुई हजार ४७८ जना र सहिद लखन गाउँपालिकाका दुई वडामा १४६ घरधुरीका ५५१ जना प्रभावित भएका छन्।

चितवनको इच्छाकामना गाउँपालिकाका चार वडामा ९१० घरधुरीका चार हजार ९० जना प्रभावित भएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार