NM Khabar 10 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नवनियुक्त मन्त्री साहले गरे पदभार ग्रहण, ग्यास अभावबारे छलफल गर्ने प्रतिबद्धता

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। उनले जनतालाई आवश्यक पर्ने ग्यास उपलब्ध गराउने विषयमा छलफल गर्ने बताएका छन्। मन्त्री साहले विगतमा भएका कामहरूको बारेमा बुझेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
10 September 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
मन्त्री दीपक कुमार साह
Share:

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। बिहीबार शीतल निवासमा सपथ ग्रहण गरेपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले जनतालाई आवश्यक पर्ने ग्यास उपलब्ध गराउने विषयमा छलफल गर्ने बताए।

‘ग्यासको विषयमा छलफल गर्छौं। जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छ,’ उनले भने।

मन्त्री साहले मन्त्रालयमा विगतमा के–के काम भयो भन्ने विषयमा बुझ्न आवश्यक रहेको बताए। उनले विगतको कुरा बुझेरै अघि बढ्ने बताए।

‘विगतमा के–के भयो भन्ने विषयमा बुझेर अगाडि बढ्दा राम्रो होलाजस्तो लाग्छ। म नेपाली जनताप्रति नतमस्तक छु। सभापति र प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु। राष्ट्र पहिलो नारासहित हामी काम गर्छौं,’ उनले भने।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार