NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काठमाडौंमा प्रहरीको रातभर ‘सर्च अप्रेशन’: गुण्डागर्दी र ठगीमा संलग्न १९५ जना पक्राउ

काठमाडौं प्रहरीले रातभर चलाएको विशेष सर्च अप्रेशनमा १९५ जना पक्राउ परेका छन्। ठमेल, बुढानीलकण्ठ र विमानस्थल क्षेत्रबाट गुण्डागर्दी र ठगीमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको छ।
NM Khabar
NM Khabar
4 April 2026, 8:41 am १ मिनेट पढाइ
आकार:
Share:

राजधानीमा प्रहरीको ‘रातभर सर्च अप्रेशन’: ठमेल र विमानस्थलबाट १९५ जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन र बिचौलिया तथा गुण्डागर्दीलाई निस्तेज पार्न जिल्ला प्रहरी परिसर काठमाडौंले रातभर विशेष ‘सर्च अप्रेशन’ चलाएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म सञ्चालित उक्त कारबाहीका क्रममा काठमाडौंका विभिन्न स्थानबाट १९५ जनालाई नियन्त्रणमा लिइएको छ।

विमानस्थल र ठमेल मुख्य निसानामा 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी रमेश थापाका अनुसार विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल र बुढानीलकण्ठ क्षेत्रलाई केन्द्रित गरी यो अप्रेशन चलाइएको थियो। विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका र जाने यात्रुहरूलाई तानातान गरी दुःख दिने बिचौलिया, ठमेल क्षेत्रमा पर्यटकहरूलाई सास्ती दिने र गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गुण्डागर्दी र ठगीविरुद्ध कडा एक्सन 

एसएसपी थापाले भने, ‘ठमेल र विमानस्थल लगायतका क्षेत्रमा मान्छे तातातान गर्ने, गुण्डागर्दीमा संलग्न र बिचौलिया गरी १९५ जनालाई नियन्त्रणमा लिएका छौँ।’ प्रहरीले पक्राउ परेकाहरूमाथि गम्भीर अनुसन्धान सुरु गरेको छ। उनीहरूमध्ये कतिपय पुराना पृष्ठभूमिका गुण्डाहरू रहेको र कतिपयले सर्वसाधारणलाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुशासन र सुरक्षाको प्रत्याभूति 

नयाँ सरकारको सुशासनको एजेन्डाअनुसार प्रहरीले सार्वजनिक स्थानहरूमा सर्वसाधारणलाई दुःख दिने तत्त्वहरूलाई हटाउन यो अभियान सुरु गरेको हो। विशेषगरी विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा बिचौलियाहरूको बिगबिगी अन्त्य गर्न र ठमेलको पर्यटनमैत्री वातावरण जोगाउन प्रहरीको यो सक्रियतालाई सर्वसाधारणले सकारात्मक रूपमा लिएका छन्।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार