NM Khabar 14 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

म्याग्दीमा पहिरोले डोजर पुरियो, चालकको मृत्यु

म्याग्दीको रघुगंगा गाउँपालिकामा सडक निर्माणका क्रममा पहिरोले डोजर पुरिँदा चालक पदम कार्कीको मृत्यु भएको छ। प्रहरीले शव निकालेर परीक्षणका लागि पठाएको छ।
Sanjay Karki
Sanjay Karki
1 May 2026, 9:32 pm १ मिनेट पढाइ
आकार:
Share:

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा आज पहिरोमा पुरिएर एक डोजर चालकको मृत्यु भएको छ। रघुगंगा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

बेगको भिजरादेखि भजने जाने सडक निर्माण कार्य भइरहेको थियो। सोही क्रममा अचानक पहिरो खस्दा रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको थियो।

पहिरोमा पुरिएका कार्कीको उद्धार

घटनास्थलमा खटिएका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार, पहिरोमा पुरिएका कार्कीलाई निकाल्नका लागि अन्य डोजर र ब्याकुहोलोडरको प्रयोग गरिएको थियो। करिब एक घण्टाको प्रयासपछि शव बाहिर निकालिएको थियो।

प्रहरीले शव परीक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार