NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशका केही राजमार्गमा यातायात सञ्चालन, बीपी राजमार्गमा सवारी निषेध

केही दिनदेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सञ्चालनमा आएको छ। तर, बीपी राजमार्ग भने अझै सञ्चालनमा आउन सकेको छैन।
Sanjay Karki
Sanjay Karki
6 May 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
Share:

केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा अवरुद्ध भएका राजमार्गहरूमा पुनः यातायात सञ्चालनमा आएको छ। सोमबार साँझको वर्षासँगै आएको पहिराले विभिन्न स्थानमा सडक अवरुद्ध पारेको थियो।

ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्ति लोकपथ सडकखण्ड र ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्री सडकखण्डमा यातायात सञ्चालन हुन थालेको छ। यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्गमा पनि यातायात सुरु भएको छ।

यद्यपि, मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित बीपी राजमार्ग भने हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन। पहिरोका कारण उक्त राजमार्गमा सवारी साधनलाई पूर्ण रूपमा निषेध गरिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार