NM Khabar 27 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवा बाढी: मधेसका ३० जना सम्पर्कविहीन, उद्धार कार्य जारी

रसुवाको भोटेकोशीमा आएको बाढीले मधेस प्रदेशका ३० जना नागरिकलाई सम्पर्कविहीन बनाएको छ। पर्सा, बारा, रौतहट, सर्लाही र सप्तरी जिल्लाका नागरिकहरू बेपत्ता भएका छन्। प्रहरीले सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य तीव्र पारेको छ।
Kamala Devi
Kamala Devi
27 August 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी मधेस
Share:

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले मधेस प्रदेशका ३० जना नागरिकलाई सम्पर्कविहीन बनाएको छ। उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार रसुवा पुगेका परिवारजनसँग सम्पर्क नभएको भन्दै प्रहरीमा निवेदन दर्ता भएको आधारमा ३० जना सम्पर्कविहीन रहेको पुष्टि भएको हो। प्रहरीले सार्वजनिक सूचना जारी गरी मधेसबाट कोही आफन्त हराएमा वा सम्पर्कविहीन भएमा विवरणसहित प्रहरी युनिटमा निवेदन दिन आग्रह गरेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी एवं प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार पर्साका १७, बाराका ३, रौतहटका २, सर्लाहीका ६ र सप्तरीका २ जना गरी जम्मा ३० जना रसुवा बाढीपछि सम्पर्कविहीन रहेको भन्दै खोजतलासका लागि निवेदन परेको छ।

प्रहरीका अनुसार पर्साबाट नगनारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश डंगोल, संजय तामाङ, आकाश तामाङ, कमरुल होदा अन्सारी, सुभाष पटेल, समिमी देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बस्तौला, घनश्याम बस्तौला, दिनेश परियार र पृथ्वी चौधरी सम्पर्कविहीन छन्। यसअघि बेपत्ता रहेका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान हाल उद्धार गरी सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ।

त्यसैगरी बाराका नमनारायण सिंह, सत्यप्रकास राम र अन्कित पटेल सम्पर्कविहीन छन्। रौतहटका अपर त्रिशुली हाइड्रोपावरमा कार्यरत गौरव राउत र शेख मजिद बेपत्ता रहेको जनाइएको छ।

सर्लाहीबाट बेपत्ता हुनेहरूमा माधव काफ्ले, अनुज काफ्ले, कृष्ण प्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा, त्रिशुली हाइड्रोपावरमा कार्यरत इन्जिनियर सुनिल कुशवाहा छन्।

सप्तरीका रसुवामा कार्यरत शिक्षक अजयकुमार यादव र हाइड्रोपावरमा कार्यरत साजन चौधरी सम्पर्कविहीन रहेको आफन्तबाट प्रहरीमा निवेदन परेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिको खोजतलासका लागि रसुवा, धादिङलगायत प्रभावित जिल्लाका प्रहरी कार्यालयहरूसँग समन्वय गरी काम थालेको जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार