संवैधानिक परिषद्को बैठक आज डाकियो, नियुक्ति प्रक्रियालाई अघि बढाउने तयारी
संवैधानिक परिषद्को बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ। बैठकले विभिन्न संवैधानिक निकायका रिक्त पदमा गरिने नियुक्तिका विषयमा छलफल गरी प्रक्रियालाई अघि बढाउने तयारी गरेको छ।
