NM Khabar 31 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चीनले तातोपानी नाका बन्द गर्‍यो, केरुङमा फोरजी/फाइभजी सञ्चालन

चीनले तातोपानी नाका अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालका लागि बन्द गरेको छ। यसैबीच, केरुङ नाका क्षेत्रमा उद्धार कार्यलाई सहज बनाउन फोरजी र फाइभजी बेस स्टेसन सञ्चालनमा ल्याइएको छ।
Rohan Tamang
Rohan Tamang
31 August 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
तातोपानी नाका बन्द
Share:

चीनले अकस्मात तातोपानी नाका अनिश्चितकालका लागि बन्द गरेको छ। डेढ महिनाअघि कोदारी क्षेत्रमा सडक भत्किएपछि मर्मत कार्य सकिएर नाका सञ्चालनको तयारी भइरहेका बेला यो निर्णय आएको हो।

चिनियाँ अधिकारीहरूले सोमबार तातोपानी भन्सार कार्यालयमा इमेल पठाएर अर्को सूचना जारी नभएसम्मका लागि नाका नखोल्ने जानकारी दिएका छन्। तातोपानीका प्रमुख अधिकृत दीपेन्द्र प्रकाश गिरीले नाका चीनले अस्थायी रूपमा बन्द गरेको पुष्टि गरेका छन्।

यसैबीच, भोटेकोशीमा आएको बाढी तथा पहिरोले तहसनहस पारेको केरुङ नाका क्षेत्रको उद्धार कार्यलाई तीव्र र व्यवस्थित बनाउन चीनले नयाँ फोरजी तथा फाइभजी बेस स्टेसन सञ्चालनमा ल्याएको छ।

आइतबारदेखि सञ्चालनमा आएको यो नयाँ बेस स्टेसन पहिरो प्रभावित मुख्य उद्धार स्थलबाट करिब ९०० मिटरको दुरीमा निर्माण गरिएको हो। पिपुल्स डेलीका अनुसार, चाइना मोबाइलको फाइभजी प्रविधि सहितको उपकरण र आपत्कालीन सञ्चार सवारी साधन परिचालन गरी यो सेवा सुरु गरिएको हो।

यस नयाँ प्रविधिको विस्तारसँगै विपद्ग्रस्त क्षेत्रमा सञ्चार सिग्नल अझ बढी स्थिर र सुदृढ हुनेछ। यसले उद्धार टोलीहरू बीचको सञ्चार र समन्वयलाई सहज बनाउने अपेक्षा गरिएको छ। पहिरोले सञ्चार अवरुद्ध पारेको क्षेत्रमा यो बेस स्टेसनले उद्धार कार्यमा खटिएका टोलीहरूलाई सञ्चार सम्पर्क कायम राख्न ठूलो सहयोग पुर्‍याउने छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार