NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

धनुषामा बेपत्ता ६० वर्षीय पुरुष मृत फेला

धनुषाको बटेश्वर गाउँपालिका-४ मा एकजना पुरुष मृत फेला परेका छन्। स्थानीय जगदीश रविदासको बाँसघारीमा आज बिहान करिब ९ बजे उनको शव भेटिएको हो।
NM Khabar
NM Khabar
17 April 2026, 10:33 am १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:
    मुख्य कुराहरू:

  • धनुषाको बटेश्वर गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन्।
  • मृतक ६० वर्षीय जगतबहादुर थापा हुन्।
  • उनको शव स्थानीय जगदीश रविदासको बाँसघारीमा भेटिएको हो।
  • थापा बुधबार साँझदेखि बेपत्ता थिए।

धनुषाको बटेश्वर गाउँपालिका-४ मा एकजना पुरुष मृत फेला परेका छन्। स्थानीय जगदीश रविदासको बाँसघारीमा आज बिहान करिब ९ बजे उनको शव भेटिएको हो।

मृत फेला पर्नेमा बटेश्वर गाउँपालिका-४ कै ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ। उनी बुधबार साँझदेखि बेपत्ता थिए।

मृतकका छोरा अमित थापाले बुधबार साँझदेखि बुबा बेपत्ता भएको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार