NM Khabar 29 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना संरक्षणमा राख्न रोक

भोटेकोशी र त्रिशूली नदीको बाढीले अभिभावक गुमाएका बालबालिकालाई अनुमति बिना बालगृहमा राख्न राष्ट्रिय बाल अधिकार परिषद्ले रोक लगाएको छ। परिवारलाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको छ।
Maya Thapa
Maya Thapa
29 August 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
बाढी प्रभावित बालबालिका
Share:

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले अभिभावक गुमाएका बालबालिकालाई सम्बन्धित निकायको अनुमति बिना बालगृह वा अस्थायी संरक्षण केन्द्रमा राख्न राष्ट्रिय बाल अधिकार परिषद्ले रोक लगाएको छ ।

भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा आएको बाढीले बुवाआमा वा संरक्षक गुमाएका, बेपत्ता भएका तथा घाइते भएका बालबालिकाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने भएको छ ।

परिषद्ले स्थानीय तहलाई बालबालिकालाई पहिलो प्राथमिकतामा परिवारका सदस्य वा नातेदारको घरमै राखी राहत, उपचार र मनोपरामर्शको व्यवस्था गर्न आग्रह गरेको छ ।

परिवारमा संरक्षणको व्यवस्था सम्भव नभएमा मात्र स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिसमा परिषद्मा सिफारिस गर्नुपर्नेछ । परिषद्बाट अनुमति प्राप्त बालगृह वा संस्थामार्फत मात्र अस्थायी संरक्षणको व्यवस्था गरिनेछ ।

दुवै अभिभावक वा संरक्षक गुमाएका, बेपत्ता भएका, घाइते भएका वा घरबारविहीन भई अस्थायी संरक्षण आवश्यक बालबालिकालाई कुनै व्यक्ति वा संस्थाले स्थानीय बाल अधिकार समितिको निर्णय, बाल कल्याण अधिकारीको सिफारिस र परिषद्को सहमति बिना बालगृहमा राख्न वा ओसारपसार गर्न नपाइने परिषद्ले स्पष्ट पारेको छ ।

बालबालिकाको सर्वोत्तम हित र अधिकार सुनिश्चित गर्न प्रचलित कानुन र मापदण्ड विपरीतका गतिविधि नगर्न परिषद्ले सरोकारवालालाई सचेत गराएको छ ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार