NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सोलुखुम्बुको हाइड्रोपावरमा डिजेल चोरी: चालकसहित ५ पक्राउ, ८०० लिटर बरामद

सोलुखुम्बुको हुंगाखोला जलविद्युत् आयोजनाको डिजेल चोरीमा चार चालक र एक खरिदकर्ता पक्राउ परेका छन्। प्रहरीले करिब ८०० लिटर डिजेल बरामद गरी चोरी कसुरमा मुद्दा दर्ता गरेको छ।
Arjun Basnet
Arjun Basnet
25 August 2026, 7:33 am १ मिनेट पढाइ
आकार:
हाइड्रोपावर डिजेल चोरी
Share:

सोलुखुम्बुको हुंगाखोला जलविद्युत् आयोजनाको डिजेल चोरीमा संलग्न चार चालकसहित पाँच जना पक्राउ परेका छन्। प्रहरीले करिब ८०० लिटर चोरीको डिजेल बरामद गरेको छ।

आयोजनामा कार्यरत चालकहरूले इन्धन चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुसन्धान थालेको थियो। प्रहरीले चोरीको डिजेल खरिद गर्ने एक व्यक्ति र चार चालकलाई नियन्त्रणमा लिएको हो।

उनीहरूबाट ६ सय ६५ केजी अर्थात् करिब ८०० लिटर डिजेल बरामद गरिएको छ। पक्राउ परेका पाँचै जनाविरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-८ का श्यामबहादुर जोगी, सिन्धुली गोलन्जोर गाउँपालिका-२ का केशव कार्की र लिलाबहादुर चौहान, सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका-१ का यामबहादुर बस्नेत र सोही गाउँपालिका-६ का आकाश राई छन्। उनीहरू आयोजनामा चालकका रूपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निर्मल थापाले जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमाथि चोरी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि सोलुखुम्बु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार