NM Khabar 28 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा विपद् न्यूनीकरण निर्णय कार्यान्वयनमा जोड

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका निर्णयहरूलाई प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उनले बैठकका निर्णयहरू कागजमा मात्र सीमित नराखी नागरिकको जीवन, सम्पत्ति र पूर्वाधारको संरक्षणलाई प्राथमिकता दिन आग्रह गरे।
Laxmi Bhattarai
Laxmi Bhattarai
28 August 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
विपद् जोखिम न्यूनीकरण
Share:

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका निर्णयहरू कागजमा मात्र सीमित नराखी प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन्। शुक्रबार कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिए।

शाहीले बैठकमा भएका निर्णयहरूलाई व्यवहारमा उतार्न निर्देशन दिए। ‘बैठकमा निर्णय हुने तर व्यवहारमा काम नदिने नहोस्,’ उनले सम्बद्ध अधिकारीहरूलाई भने, ‘सम्बद्ध निकायहरूले आ–आफ्नो जिम्मेवारीअनुसारका कार्यहरू समयमै अगाडि बढाउनुहोस् ।’

विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य, खोज तथा उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने मुख्यमन्त्री शाहीले बताए। उनले यी कार्यहरूलाई समन्वयात्मक र परिणाममुखी बनाउन सम्बन्धित मन्त्रालय, निकाय तथा स्थानीय तहबिच आवश्यक समन्वय गरी निर्णयहरूको शीघ्र कार्यान्वयन गर्न आग्रह गरे।

विपद्का समयमा नागरिकको जीवन, सम्पत्ति तथा सार्वजनिक पूर्वाधारको संरक्षणलाई उच्च प्राथमिकतामा राखी आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ थियो। ‘स्रोत–साधनको उचित व्यवस्थापन तथा प्रभावकारी परिचालन गर्नुहोस्, बैठकबाट भएका निर्णयहरूको प्रगति नियमित रूपमा समीक्षा गर्नुहोस्,’ उनले थपे।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार