NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

२ लाख क्याप्सुल ट्रामाडोलसहित १३ पक्राउ, ७ लाख नगद र अन्य लागुऔषध बरामद

काठमाडौँको टोखा र चन्द्रागिरीमा फार्म हाउसको आवरणमा लागुऔषध ट्रामाडोलको कारोबार गर्ने गिरोहमाथि प्रहरीले कारबाही गरेको छ। प्रहरीले २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल, ७ लाख ८७ हजार नगद र अन्य लागुऔषध बरामद गरेको छ। यस कारोबारमा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
Arjun Basnet
Arjun Basnet
15 June 2026, 3:18 pm १ मिनेट पढाइ
आकार:
ट्रामाडोल क्याप्सुल बरामद
Share:

काठमाडौँ । टोखा र चन्द्रागिरीमा खाल्डो खनेर लुकाइएको अवस्थामा २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल बरामद भएको छ। प्रहरीले यस कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार जेठ २७ देखि ३१ गतेसम्मको अवधिमा यो कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्। बरामद गरिएको ट्रामाडोलको मूल्य करिब ७ लाख ८७ हजार रुपैयाँ बराबरको छ।

पक्राउ पर्नेमा नुवाकोट घर भएका २२ वर्षीय निमा तामाङ, २३ वर्षीय बिक्रम लामा, रुपन्देहीका २९ वर्षीय सागर बुढाथोकी, भक्तपुरका ४५ वर्षीय उद्धव श्रेष्ठ, विकाश काफ्ले, सिन्धुलीकी माया बिसङ्खे, कालिकोटका २६ वर्षीय खड्का रोकाया, २७ वर्षीया कमला थामी, बाजुराकी २९ वर्षीया मेनुका थामी, बाराका ३४ वर्षीय सञ्जय साह सोनार, पर्साका प्रमोद प्रसाद कलवार, काठमाडौँकी ४० वर्षीया मोनिका श्रेष्ठ र २९ वर्षीय सुशीला महर्जन छन्।

उनीहरूको साथबाट २४ सय एम्पुल बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनको सेट पनि बरामद गरिएको छ। प्रहरीले यस घटनालाई लागुऔषधको ठूलो कारोबारको रुपमा लिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार