जलवायु परिवर्तनले काभ्रेपलाञ्चोकका पानीका मुहान सुकाएको छ। मानव जीवनमा पर्न सक्ने असर न्यूनीकरण गर्न रोशी र बेथानचोक गाउँपालिकाले पानी पुनर्भरणका कार्यक्रम अघि बढाएका छन्। सुक्खायाममा दैनिक उपभोग्य पानीको अभाव झेल्नुपर्ने अवस्था आउन सक्नेछ।
रोशी गाउँपालिकाले यस कार्यका लागि योजनाबद्ध रुपमा काम थालेको छ। बेथानचोक गाउँपालिका पानीको स्रोत पहिचान गर्ने योजनाको तयारीमा छ।
रोशी गाउँपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै स्थानीय समुदायको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ। यसमा पानीको स्रोतको दिगो व्यवस्थापनमा जोड छ। गाउँपालिकाले आगामी तीन महिनाभित्र पानीका मुहान संरक्षणका लागि विस्तृत कार्ययोजना तयार गर्नेछ।
