NM Khabar 11 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कृषि सामग्री कम्पनीका शाखामा १ लाख टन मल थन्कियो, किसान मर्कामा

कृषि सामग्री कम्पनीका जिल्ला शाखामा करिब १ लाख टन रासायनिक मल थन्किएको छ । मधेस प्रदेशमा सबैभन्दा बढी मल मौज्दात देखिएको छ । वितरण प्रक्रियामा ढिलाइ हुँदा किसानहरू खेतीको मुख्य सिजनमा मल अभाव झेलिरहेका छन् ।
Kamala Devi
Kamala Devi
11 June 2026, 7:17 pm १ मिनेट पढाइ
आकार:
Share:

कृषि सामग्री कम्पनी लिमिटेडका जिल्ला शाखा कार्यालयहरूमा ९८ हजार २ सय ३५ टन रासायनिक मल थन्किएको छ । केन्द्रले मल पठाए पनि वितरण प्रक्रियामा ढिलाइले किसानले समयमा मल पाएका छैनन् ।

कुन प्रदेशमा कति छ मल मौज्दात ?

कोशी प्रदेशका शाखा कार्यालयहरूमा ११ हजार ९ सय ५४ टन युरिया, २ हजार ९२ टन डीएपी र ३ हजार २ सय ४८ टन पोटास मौज्दात छ ।

मधेस प्रदेशमा सबैभन्दा बढी मल मौज्दात छ । यहाँ ३१ हजार १ सय ३१ टन युरिया, ११ हजार ४ सय ५६ टन डीएपी र ५ हजार ५ सय ८४ टन पोटास थन्किएको छ ।

बागमती प्रदेशका जिल्ला शाखाहरूमा ४ हजार ९३ टन युरिया, ५ सय ९९ टन डीएपी र २ सय ५१ टन पोटास मौज्दात छ ।

गण्डकी प्रदेशमा ४ सय ६ टन युरिया, १ सय ३० टन डीएपी र ६१ टन पोटास थन्किएको छ ।

लुम्बिनी प्रदेशका जिल्ला कार्यालयहरूमा १५ हजार ३५ टन युरिया, ४ हजार ६ सय ४३ टन डीएपी र ४ हजार ४ सय १२ टन पोटास मौज्दात छ ।

कर्णालीका जिल्ला शाखाहरूमा २ सय १२ टन युरिया, ७४ टन डीएपी र ४८ टन पोटास मौज्दात छ ।

सुदूरपश्चिम प्रदेशका जिल्ला शाखाहरूमा २ हजार ४ सय ५४ टन युरिया, २ सय ९३ टन डीएपी र ४ सय २३ टन पोटास अझै उठाइएको छैन ।

जिल्ला शाखाहरूमा हजारौं टन मल मौज्दात रहे पनि वितरण प्रक्रियामा ढिलाइले खेतीको मुख्य सिजनमा किसानहरू मल अभाव झेलिरहेका छन् ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार