संघीय संसद् सचिवालयले संसद् सदस्यहरूको विद्युतीय हाजिरीका लागि उनीहरूको बायोमेट्रिक विवरण संकलनको प्रक्रिया शुरू गरेको छ। यसका साथै, सांसदहरूको औपचारिक तस्वीरसमेत लिइने भएको छ।
सचिवालयले माननीय सदस्यहरूलाई सो प्रयोजनका लागि औपचारिक पोशाकमा संसद्को लोगो लगाई उपस्थित हुन आग्रह गरेको छ।
