NM Khabar 22 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भ्रष्टाचार मुद्दामा निलम्बित मेयर राय यादवको पुनरावेदन सर्वोच्चद्वारा खारेज

• रौतहटका निलम्बित मेयर गोपाल राय यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर। • सर्वोच्च अदालतले विशेष अदालतको ३ वर्ष कैद र १५ लाख जरिवानाको फैसला सदर गर्‍यो। • लालबकैया नदीको ठेक्का प्रकरणमा सार्वजनिक सम्पत्ति दुरुपयोगको आरोपमा मुद्दा दायर भएको थियो।
Arjun Basnet
Arjun Basnet
22 September 2026, 3:24 pm १ मिनेट पढाइ
आकार:
गोपाल राय यादव भ्रष्टाचार
Share:

रौतहटको फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले पनि दोषी ठहर गरेको छ। विशेष अदालतले यसअघि सुनाएको ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसलालाई सर्वोच्चले सोमबार सदर गरेको हो।

लालबकैया नदीको ढुंगा, गिट्टी तथा बालुवा ठेक्का प्रकरणमा सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा अनियमितता गरेको आरोपमा यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। सोही मुद्दामा विशेष अदालतले गरेको फैसला चित्त नबुझी यादव सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतले भने यादवको पुनरावेदन जिकिर नपुगेको भन्दै खारेज गरिदिएको छ। यससँगै विशेष अदालतको फैसला कार्यान्वयनको बाटो खुलेको छ। यस प्रकरणमा ठेक्का प्रक्रियामा समेत गम्भीर अनियमितता भएको आरोप छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार