NM Khabar 22 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सर्लाही-सिन्धुली सडक पहिरोले अवरुद्ध, दर्जन गाउँको जनजीवन ठप्प

सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा एक दर्जन गाउँको जनजीवन ठप्प भएको छ। सडक बन्दले बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको छ। चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता र व्यापारी दुवै मर्कामा परेका छन्।
Kamala Devi
Kamala Devi
22 September 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
सर्लाही सिन्धुली सडक
Share:

सर्लाहीको बागमती नगरपालिका–११ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ जोड्ने सडक गत शनिबार वर्षासँगै गएको पहिरोले अवरुद्ध भएको छ। पहिरोले सडकको तीन स्थानमा क्षति पुर्‍याएपछि यस खण्डमा यातायातका साधन ठप्प भएका छन्।

सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पतालसम्म लैजानसमेत समस्या भएको छ। अन्तरप्रदेशीय यो सडकले पूर्व–पश्चिम लोकमार्ग र मदन भण्डारी लोकमार्गलाई जोड्छ। कर्मैया–पिपलमाडी १६ किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएपछि यात्रुहरू पैदल हिँड्न बाध्य भएका छन्।

यस सडक खण्ड बन्द हुँदा हरिहरपुरगढी गाउँपालिकाका एक दर्जनभन्दा बढी गाउँका सर्वसाधारण दैनिक उपभोग्य वस्तु किनमेल गर्न, औषधि उपचार र अन्य प्रयोजनका लागि हेटौँडा वा सिन्धुली पुग्न लामो बाटो छिचोल्न बाध्य भएका छन्। व्यवसायी किस्मतराज मैनालीका अनुसार चाडपर्व नजिकिँदै गर्दा सडक अवरुद्ध हुँदा उपभोक्ता र व्यापारी दुवै मर्कामा परेका छन्।

यातायात व्यवसायी कर्मा लामाले कर्मैया–पिपलमाडी सडकमा सञ्चालन हुने बोलेरोसहितका साना सवारी साधन थन्क्याउनु परेको बताए। स्थानीयबासीहरू पैदलै आउजाउ गर्न तथा दाल, चामलजस्ता खाद्यवस्तु बोक्न बाध्य छन्। बागमती र मधेस प्रदेशलाई जोड्ने ‘लिङ्क रोड’का रूपमा रहेको यो सडकखण्डको चुरेको जोखिमपूर्ण डेढ किलोमिटर सडक सर्लाहीतर्फ पर्छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार