काठमाडौं उपत्यकाका ९५ शैक्षिक परामर्श केन्द्रमा छापा मारेर प्रहरीले ६९ सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार कारबाही गर्यो। दर्ता र नवीकरणविना पूर्वतयारी तथा भाषा शिक्षण सेवा सञ्चालन गर्ने सञ्चालकहरू पक्राउ परे।
प्रवक्ता रामेश्वर कार्कीका अनुसार, शैक्षिक परामर्श केन्द्रहरूले निर्धारित मापदण्ड प्रक्रिया उल्लंघन गरेका छन्। उच्च शिक्षाका लागि विदेश पठाउने भन्दै नेपाली नागरिकलाई ठगी गरेको उजुरी र गुनासो प्रहरीमा परेको थियो।
शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९, र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ ले तोकेका मापदण्डविपरीत सेवा सञ्चालन भएको प्रहरी अनुसन्धानले देखायो।
प्रहरीले उपत्यकाका ९५ शैक्षिक परामर्श केन्द्रमा अनुसन्धान गर्दा गैरकानुनी कार्य गरेको पुष्टि भयो।
कार्यालयले सूचना जारी गरी ठगीमा परेका पीडितहरूलाई निवेदन दिन आग्रह गरेको छ।
