NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

स्थानीय तहको बजेट निर्माणमा मन्त्रालय सक्रिय: तीन टोली फिल्डमा

स्थानीय तहको बजेट निर्माण प्रक्रिया सहजीकरण गर्न भूमि व्यवस्था मन्त्रालयले तीन टोली फिल्डमा खटाएको छ। गत वर्ष १५९ स्थानीय तहले समयमा बजेट विवरण अद्यावधिक नगरेको र ४९ ले बजेट पारित नगरेको पाइएको थियो। मन्त्री प्रतिभा रावलले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य मजबुत बनाउन यो अभियान सुरु गरिएको बताएकी छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
10 June 2026, 8:48 pm १ मिनेट पढाइ
आकार:
स्थानीय तह बजेट
Share:

कानुनले तोकेको समयभित्रै वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा, स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। गत आर्थिक वर्षमा १५९ स्थानीय तहले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अद्यावधिक नगरेको र ४९ वटाले साउन १२ गतेसम्म पनि बजेट पारित नगरेको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले यो कदम चालेको हो। यस कार्यक्रममार्फत स्थानीय तहमा समयमै बजेट पारित गर्ने वातावरण निर्माण, वितरणमुखी र खुद्रे योजनाको प्रभाव न्यूनीकरण, वित्तीय सुशासन प्रवर्द्धन तथा नतिजामुखी योजना तर्जुमामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसका लागि मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा तीन वटा स्थलगत सहजीकरण टोली गठन गरिएको छ। यी टोलीहरूले स्थानीय तहमा पुगेर जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग छलफल, अन्तरक्रिया र समन्वय बैठक सञ्चालन गर्नेछन्। स्थानीय तहमा बजेट तथा कार्यक्रम स्वीकृतिमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय सिफारिस गरिनेछ।

मन्त्रालयका अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतबाट समयमै बजेट पारित गर्ने र खुद्रे योजना समावेश नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने व्यवस्था पनि गरिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, समन्वय र जिम्मेवारीलाई थप मजबुत बनाउन मन्त्रालयले यो सहजीकरण अभियान अघि बढाएको बताइन्। मन्त्री रावलले स्थानीय तहमा देखिएका समस्या समाधानका लागि मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारिन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार