NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नवलपरासी नापीका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा

नापी कार्यालय नवलपरासीका सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको छ। आयोगले उनीविरुद्ध ३ करोड ७१ लाख भन्दा बढी बिगो माग दाबी गरेको छ। साहले अमिन पदमा कार्यरत रहँदादेखि नै स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप छ।
Arjun Basnet
Arjun Basnet
25 August 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
भ्रष्टाचार मुद्दा
Share:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासीका सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। मंगलबार दायर मुद्दामा साहले पदीय मर्यादाविपरीत करिब ४ करोड रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको उल्लेख छ।

आयोगले साहविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा अमिन पदमा अस्थायी रुपमा काम गर्दादेखि नै गैरकानुनी सम्पत्ति आर्जन सुरु गरेको आयोगको ठहर छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार