NM Khabar 15 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एनसेलको बैंकलाई पत्र: स्मार्ट टेलिकमको सम्पत्ति वा ४.६० अर्ब फिर्ता देऊ

सीआईबीको अनुसन्धानले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा नयाँ मोड ल्याएको छ। एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता मागेको छ। बैंकलाई सम्पत्ति हस्तान्तरण वा रकम फिर्ताको अल्टिमेटम दिइएको छ।
Arjun Basnet
Arjun Basnet
15 May 2026, 11:05 am १ मिनेट पढाइ
आकार:
Share:

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लाई पत्र लेख्दै स्मार्ट टेलिकमको सम्पत्ति हस्तान्तरण गर्न वा ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्न अल्टिमेटम दिएको छ।

सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको प्रकरणमा यो नयाँ मोड हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान तीव्र पारेपछि एनसेलले यो माग गरेको हो।

सीआईबीले गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी लगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार