NM Khabar 28 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवामा बाढी: टनेलमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा सकुशल उद्धार

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अति उच्च जोखिममा परेका ८८३ जना नागरिकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३५० जना अप्पर त्रिशूली हाइड्रोपावरको टनेल (सुरङ) भित्र फसेका मजदुर तथा स्थानीय बासिन्दा रहेका छन्। सोही टनेलभित्र अझै १०० जनाभन्दा बढी मानिसहरू फसेका हुन सक्ने अनुमान छ।
Sanjay Karki
Sanjay Karki
28 August 2026, 5:02 am १ मिनेट पढाइ
आकार:
रसुवा बाढी उद्धार
Share:

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अति उच्च जोखिममा पारेका ८८३ नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३५० जना अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका मजदुर र स्थानीयवासी थिए।

जोखिमपूर्ण परिस्थितिमा टनेलबाट ३५० जनाको उद्धार गरियो। सोही टनेलभित्र अझै १०० भन्दा बढी मानिस फसेको अनुमान छ। उनीहरूको उद्धारका लागि सेनाको टोली खटिएको छ।

नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशुली) बाट जमदार भक्तजन बस्नेतको कमान्डमा १/३ को सैन्य टोलीले टनेल उद्धार गर्‍यो। सी क्यू आर टी धुन्चे ब्यारेक (रसुवा) बाट सह सेनानी अभिषेक शाहीको कमान्डमा १/५ को टोलीले अन्य स्थानबाट ५३३ जनाको उद्धार गर्‍यो।

सेनाले स्याफ्रुवेशी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकु वेशीका जोखिममा परेकालाई सुरक्षित स्थानमा सार्यो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार