NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सडकपेटी अतिक्रमण तत्काल हटाउन सर्वोच्चको सरकारलाई परमादेश

सर्वोच्च अदालतले सडकपेटीलाई पैदलयात्रीको निर्बाध अधिकार क्षेत्र घोषणा गरेको छ। सडकपेटीमा रहेका सरकारी र निजी अवरोधहरू तत्काल हटाउन सरकारलाई परमादेश जारी गरिएको छ। सुरक्षाका नाममा सडकपेटीमा हुने व्यापारिक प्रयोजनका गतिविधि रोक्न पनि आदेश दिइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 June 2026, 12:47 pm १ मिनेट पढाइ
आकार:
सडकपेटी अतिक्रमण
Share:

सडकपेटी अतिक्रमण तत्काल हटाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले सडकपेटी (फुटपाथ) लाई पैदलयात्रीको निर्बाध अधिकारको क्षेत्र मानेको छ। अदालतले त्यहाँ रहेका सबै सरकारी तथा निजी अवरोधहरू तत्काल हटाउन सरकारका नाममा परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले अधिवक्ता सुधिज्ञ पन्तले दायर गरेको रिटमा यो फैसला सुनाएको हो। सडक सुरक्षा र नागरिकको जीवन रक्षा राज्यको दायित्व भएको अदालतले स्पष्ट पारेको छ।

गत मङ्सिर १७ गते भएको फैसलाको पूर्णपाठमा सुरक्षाका नाममा सडकपेटीमा हुने व्यापारिक गतिविधि रोक्न आदेश दिइएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार