NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मन्त्री पुनको आग्रह: पुँजीगत खर्चको १% नवप्रवर्तनमा लगाऊ प्रदेश र स्थानीय सरकार

विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १% रकम नवप्रवर्तनमा लगाउन आग्रह गरेका छन्। मन्त्री पुनले सामाजिक सञ्जालमार्फत बजेटमा यसलाई ध्यान दिनुपर्ने बताएका हुन्। उनले देशलाई समृद्ध बनाउन यो कदम महत्त्वपूर्ण हुने र नवप्रवर्तनको संस्कार सिकाउने बताए।
Rohan Tamang
Rohan Tamang
12 June 2026, 11:47 am १ मिनेट पढाइ
आकार:
नवप्रवर्तनमा पुँजीगत खर्च
Share:

विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गरेका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गर्दै विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउनका लागि बजेटमा यसलाई ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘देशलाई समृद्ध बनाउन नगरी नहुने महत्त्वपूर्ण कदम हाम्रो मन्त्रालयले चाल्नेछ ।’

उनले देशको विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने गराउने भन्ने संस्कार सङ्घीय, प्रदेश र स्थानीय सरकारसहित आम नेपाली जनतालाई सिकाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार